arrow

राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा विरोध सभा-'लिपुलेक वारे सरकार किन मौन ?'

logo
नारायण वली, 
प्रकाशित २०७७ वैशाख २९ सोमबार
birod4.jpg

रुपन्देही । भारतले नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्दै केही समय पहिले आफ्नो राजनितिक नक्सामा प्रकाशित गरेपछिको अवस्था सेलाउन नपाउँदै पुन. नेपाली भुमिमा सडक निर्माण वनाएको प्रति अहिले नेपालमा त्यसको चौतर्फि विरोध हुन थालेको छ ।

उक्त विषय संघिय संसद्मा पनि चर्चाको विषय वन्यो । तर सरकारले त्यसवारे भारत सरकार संग स्पष्टीकरण समेत नसोधे पछि सर्वत्र चासो विषय वन्न पुगेको छ । तर यता परराष्ट्र मन्त्रालयले यस वारे भारत सरकार संग कोरोनो भाईरस (कोभिड–१९) का कारण गरिएको लकडाउन पश्चात मात्रै स्पष्टीकरण लिने वताएका वेला देशका विभिन्न भागहरुमा अहिले चर्काे विरोध भैरहेको छ ।

यस्तै सोमवार (आज) राष्ट्रिय जनमोर्चा जिल्ला समितिले बुटवलमा विरोध सभा सम्पन्न गरेको छ । उक्त पार्टीले आज भन्दा अगाडिका सरकारहरुले कुटनितिक माध्यम वाट सिमा विवाद समाधान तर्फ ध्यान नदिएकाले पछिल्लो समय भारतको खुलेयाम दादागिरी मौलाउँदै गएको वताएको छ ।

विरोध सभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला समितिका सचिव टान वहादुर केसीले नेपाली भुमि लिपुलेकको वारेमा सवै आ–आफ्नो राजनितिक जोड घटाउलाई हटाएर सम्पुर्ण राजनिति दलका नेताहरु एकभएर लाग्नपर्ने वताउँदै, यसवारे सशक्त रुपमा अव नेपाली जनता पनि एक भएर लाग्न आग्रह गरेका थिए । 

विरोध सभामा पार्टीका जिल्ला अध्यक्ष वद्री आलम, प्रदेश नं.५ का कोषाध्यक्ष गणेश गौतम लगायतले राष्ट्रिय मुद्धा रहेको भन्दै यसको समाधानका लागि तत्कालै अन्तर्राष्ट्रिय अदालत समक्ष पेश गर्न सरकारलाई अपिल गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ