arrow

लिपुलेक फिर्ता ल्याउ भन्दा समातिए नेबिसंघका दर्जनौ नेता कार्यकर्ता (भिडियो)

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
nsu-lipulek-protest.jpg

काठमाडौं। भारतले अतिक्रमण गरेको लिपुलेक सहितको भूभाग फिर्ता ल्याउ भनेर बिरोध प्रदर्शनमा उत्रिएका नेबिसंघका दर्जनौ नेता कार्यकर्ता माइतिघरबाट पक्राउ परेका छन्।

नेबिसंघ केन्द्रीय समितिको आयोजनामा माइतिघर मण्डलाबाट प्रदर्शनको क्रममा नेबिसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्रीहरु बलदेव तिमल्सिना,  दिपक भट्टराई, उर्मिला थपलिया, युबराज पाण्डे, प्रभात दाहाल पक्राउ परेका छन्।

प्रहरीले पटक पटक गरी नेबिसंघका १५० जना नेता कार्यकर्ता पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको महामन्त्री तिमिल्सिनाले जानकारी दिए। नेपाली भुमी फिर्ताको माग गर्दै नेबिसंघको केन्द्रीय समितिको निर्देशनमा देशभर प्रदर्शन भएको महामन्त्री युवराज पाण्डेले बताए। देशैभरीबाट नेबिसंघका सयौं नेता कार्यकर्ता पक्राउ परेको अध्यक्ष ढुंगानाले बताए।

नेबिसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल प्रहरीले पक्राउ गर्दा घाइते भएका छन्। हनुमानस्थानबाट पक्राउ परेका ढुंगेलको अनुहारमा चोट लागेपछि उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ