arrow

लिपुलेकमा भारतको अतिक्रमण सगरमाथामा चीनको नजर, देशैभर आगो सल्कियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
touech-rally-nsu.gif

काठमाडौं। नेपाली भूमी लिपुलेकमा भारतले मोटर बाटो बनाइ उद्घाटन गरेको खबरपछि देशभर लकडाउनलाई चिर्दै बिरोध भएपछि सरकारको बल्ल आँखा खुलेको छ। 

सामाजिक संजालमा मात्र सिमित नरहि यूवा विद्यार्थी तथा सचेत नागरिकहरु सडकमा आएपछि सरकार केहि बोल्न वाध्य भएको छ। सरकारको भनाइपछि भारतको पनि प्रतिक्रिया आएको छ। तरर ठोस छलफल कोरोना संक्रमण अन्त्य पछि भन्ने भारतको भनाई छ। 

भारतले गरेको अतिक्रमण र नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको लाचारी बिरुद्ध प्रदर्शनमा उत्रिएका नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु सहित दर्जनौ नेता कार्यकर्ताहरुलाई राती अबेरसम्म रिहा नगरेपछि नेबिसंघले देशका विभिन्न ठाउँमा राँके जुलुस निकालेको छ। 

पक्राउ गर्नेक्रमा बल प्रयोग गरेको पक्राउ गरेपछि पनि करेन्ट लगाएको लगायतका आरोप पनि विद्यार्थीहरुले प्रहरीमाथि लगाएका छन्।  विद्यार्थीहरुलाई प्रहरी क्लवमा भेट्न गएका डा प्रकाशशरण महतले प्रहरीले प्रदर्शनकारीहरुलाई करेन्ट लगाएको विद्यार्थीहरुले गुनासो गरेको बताए। 

नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका वडा नं ४ को आयोजनामा भारतीय विस्तारवाद र चीन सरकारले सगरमाथामाथि लगाएको गिद्धे नजर विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ अध्यक्ष, महामन्त्री सहितको निसर्त तत्काल रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ।

लोलाङदेखि बाइपाससम्म मसाल जुलुस सहितको विरोध प्रदर्शन भएको हो। नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेपाली कांग्रेस तानपा ४ सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल, विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली, खड्गबहादुर थापा, कृष्ण अधिकारी, रामशरण अधिकारी, टेकनाथ दाहाल लगायतका नेता कार्यकर्ताको सहभागिता थियोे  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ