arrow

कोरोना प्रभावित रुपन्देही, कपिलवस्तु र वाकें जिल्लामा हेण्ड वास स्टेशन जडान

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
hand.jpg

कपिलवस्तु । प्रदेश नं ५ का कोरोना प्रभावित जिल्लाका विभिन्न स्वास्थ्य संस्था र चहलपहल हुने स्थानमा कनटेकलेस हेण्ड वास स्टेशन जडान गरिएको छ । रुपन्देही, कपिलवस्तु र वाकें जिल्लामा गरी १५ स्थानमा उत्त स्टेशनहरु जडान गरी प्रयोगमा ल्याइएको छ । 

युनिसेफ नेपालको सहयोग पिस नेपाल कपिलवस्तुको आयोजना र विभिन्न अस्पताल तथा स्थानीय तहको समन्यवमा जडान गरिएको हो । कोरोना प्रभावित क्षेत्रमा सूरक्षित तबरले हातले धारा नै नछोइकन खुटले थिचेर हात धुने व्यवस्था मिलाइएको छ ।

 रुपन्देहीको कोरोना विशेष अस्पताल  बुटवल, भिम अस्पताल, भैरहवा, सिर्दाथनगर नगरपालिका, कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवा, पिपरा अस्पताल वाणगगा , शिवराज अस्पताल  बहादुरगज र लवनी स्वास्थ्य चौकीमा जडान गरिएको छ । 

त्यस्तै वांकेमा नेपालगंगज उप महानगरपालिकाका भेरी प्रादेशिक अस्पताल, जमुनिया नाका ,जिल्ला प्रशासन कार्यालय कार्यालय परिसर लगायत ८ स्थानमा जडान गरिएको छ ।  कोरोना प्रभावित स्थानमा यो वास स्टेशन जडान भएपछि  कोरोना रोकथामको लागी सहज हुने नेपालगंज उप महानगरपालिकाका मेयर डा.धवल समशेर राणले बताए ।

 त्यस्तै स्वास्थ्य  संस्थामा आउने सेवा ग्रँहीले हात धोरर अस्पताल परिसर जादा स्वास्यकर्मी र विरामीलाई समेत विभिन्न फोहर तथा कोरोना सर्ने मुख्य माध्यम हातको सूरक्षा हुने कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन डा.गणेश क्षेत्रीले बताए । 

पिस नेपाल संस्थाले युनिसेफ नेपाल तथा स्थानीय तह र स्वास्थ्य संस्थाको सहकार्यमा यस्तो कार्य गरेको कार्यक्रम सयोंजक विजय अधिकारीले बताए ।  कपिवस्तु ,रुपन्देही र वाकेंमा पछिल्लो समयमा कोरोना संक्रमण बुद्धि हुन लागेको सचेतना र सावधानी अपनाउन विभिन्न निकायले काम गर्न जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ