arrow

नेकपाले बोलायो स्थायी कमिटी बैठक

logo
रासस,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराए ।

 यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो । 

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो । 

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी  दिए ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी  दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ