arrow

फिल्डमा खटिएका पत्रकारहरुको कोरोना परिक्षण गर्न महासंघ र युनियनको माग

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
press-jourlalist.jpg

काठमाडौं। केही पत्रकारमा कोरोना संक्रमण देखिएसँगै जोखिम मोलेर समाचार संकलनमा खटिएका देशभरका पत्रकारहरुको समेत पिसिआर प्रबिधिबाट परिक्षण गर्न सरकारसँग नेपाल पत्रकार महासंघले माग गरेको छ।

नागरिकलाई सुसूचित र सचेत गराउने सञ्चार माध्यम समेत प्रभावित भएको बताउँदै महासंघका महासचिव रमेश बिष्टले स्वास्थ्य सुरक्षा अपनाएर रिपोटिङ् गर्न समेत पत्रकारहरुलाई सुझाव दिएका छन्।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले रिपोर्टिङमा जाँदा सामाजिक दुरी कायम गर्न, सकेसम्म भीडभाडमा नजान पत्रकारहरुलाई आग्रह गरेका छन्। शिवाकोटीले मिडिया हाउसले फिल्डमा हिड्ने पत्रकारहरुको कोरोना इन्सुरेन्स लगायत स्वास्थ्य वीमा र उचित स्वास्थ्य सामग्री उपलव्ध गराउन समेत ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ