नेपालमा कोरोना संक्रमितको संख्या २१७, एकै दिन थपिए ८३ जना
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
843
Shares
काठमाडौं । नेपालमा एकै दिन ८३ जना कोरोना संक्रमित फेला परेका छन् । मंगलबार यो संख्या ८३ पुगेसंगै संक्रमितको संख्या २१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति १०ः१५ बजे जारी गरेको विज्ञप्ति अनुसार संक्रमितको संख्या २१७ पुगेको हो ।
मध्यान्ह सार्वजनिक गरिएको ५७ जना पछि राती गरिएको अद्यावधिक तथ्यबारे जानकारी दिदै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ कोरोना संक्रमितको संख्या २६ रहेको बताए।
संक्रमितहरु मध्ये पर्साका १८ छन्। १८ मध्ये ६ महिलाहरु छन भने १२ जना पुरुषहरु छन्। यसअघी ३९ जना पनि पर्सामै कोरोना संक्रमित भेटिएका थिए।
यसैगरि महोत्तरीका २ जना पुरुष, धनुषाका एक महिला र एक पुरुष पनि कोरोना संक्रमित भएका छन्।
भक्तपुरमा पनि एक महिला र एक पुरुष पनि कोरोना संक्रमित पाइएका छन्। काठमाडौंमा पनि एक महिला संक्रमित पाइएकी हुन्।
सर्लाहीमा पनि एक पुरुषमा कोरोनाको संक्रमण पाइएको डा अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार सबै संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन्।
यसअघि मंगलवार दिउँसो ५७ जनामा थप पुष्टी भएर संक्रमितको संख्या १९१ पुगेको थियो। सोमबार रातिसम्म भने यो संख्या १३४ रहेको थियो ।