arrow

महामारीसँग लड्न कानुन पनि गलत प्रयोग गर्ने सरकारको नियत नै खराबः रमेश लेखक 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
ramesh_lekhak.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले महामारीसँग लड्न समेत सरकारले गलत ऐनको प्रयोग गरेको बताएका छन्। 

जीपी कोइराला लोकतन्त्र सम्बर्द्न केन्द्रले गरेको डजिटल वैठकमा बोल्दै नेता लेखकले महामारी बिरुद्ध लड्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को प्रयोग गर्नुपर्नेमा सरकारले ५७ बर्ष पुरानो संक्रामक रोग ऐन २०२० प्रयोग गरेको बताए। संक्रामक ऐनलाई टेकेर सरकार महामारीको सामाना गर्न लाग्नु प्रथम दृष्टीमै खराव नियत देखिएको उनले बताए। असल नियतले गरेकोमा बचाउ भन्ने प्रावधानबाट आफ्नो खराव नियतलाई ढाकछोप गर्न सरकारले गलत कानुन प्रयोग गरेको उनको गम्भिर आरोप थियो।   

सरकार कोरोना महामारी बिरुद्ध लड्ने बेलामा पनि सरकार लोकतन्त्रिक मूल्य मान्यता विरुद्धमा उभिएको लेखकले बताए। उनले भने, ‘सरकारले ल्याएर फिर्ता हुन वाध्य भएको दुई अध्यादेश हेरेर केपी ओली सरकारको चरित्र बुझ्न सकिन्छ। अन्त कतै जानु पर्दैन।‘

सरकार आन्तरिक र वाह्य दुबै मोर्चामा असफल भएको लेखकले बताए। आम नागरिकको स्वास्थ्यमा ठूलो खेलबाड गरेको सरकारले देशको सीमा बचाउन पनि नलागेको टिप्पणी गर्दै लेखकले भने, सीमा मिचिदा पनि सरकार वक्तव्य निकालेर मात्र बसेको छ।‘

प्रधानमन्त्री केपी ओली र उनको सरकारले जनताको मतको अपमान गरेर महामारीको बेलामा पनि सत्ताको जोडघटाउ र नेकपाको आन्तरिक खिचातानीमा मात्र लागेको उल्लेख गर्दै लेखकले भने, ‘यो महामारीमा पनि यस्तो प्रवृतीको नेकपा नेतृत्वले राजनैतिक रुपमा शासन गर्ने नैतिकता गुमाएको छ।‘

जनता सरकारसँग निराश रहेको उनले बताए। यो निराशालाई चिर्दै कांग्रेसले पनि आशा जगाउन सकेन भने लोकतन्त्र बिरुद्ध प्रयोग हुन सक्ने खतरा लेखकले औंल्याए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ