arrow

डा शेखर कोइरालाबाट विपन्न परिवारलाई राहत 

logo
गोपाल पोखरेल, 
प्रकाशित २०७७ जेठ १ बिहिबार
Untitled-129.jpg

उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र भित्रका अति विपन्न परिवारलाई वितरण गर्ने गरी राहत उपलब्ध गराएका छन् । 

कोइरालाले आमा नोना कोइरालाको स्मृतिमा स्थापित नोना कोइराला स्मृति प्रतिस्ठानका तर्फबाट ३० क्विन्टल चामल तथा मास्क र साबुन त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेस उदयपुरको क्षेत्र नं १ का क्षेत्रीय सहअध्यक्ष बसन्तकुमार बस्नेत मार्फत सो राहत उपलब्ध गराएका हुन् । 

राहत हस्तान्तरण गर्दै कोइरालाले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालका निम्न आय भएका मजदूर अत्यन्तै समस्यामा परेको बताए ।

‘राहत वितरणमा पनि केही समस्या देखिएका छन्’ उनले भने, ‘कसैले पटक पटक पाएका छन् भने कसैले एकै पटक पनि नपाएको अबस्था छ ।’

अति विपन्न र निम्न वर्गका व्यक्तिलाई समान ढंगबाट राहत वितरण गर्नका लागि वडास्तरमा सर्वदलीय समिति बनाउन आवश्यक रहेको कोइरालाले बताए ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सहअध्यक्ष बसन्तकुमार बस्नेतले कोइरालाले उपलब्ध गराएको राहत त्रियुगा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति र सल्लाहमा वास्तविक समस्यामा परेका परिवारमा लगेर वितरण गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ