arrow

थप एक पुरुषमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना संक्रमण भएको जनाएको छ  ।

 मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । 

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

 संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ