arrow

टिचिङमा कोरोना : बालिकाको सम्पर्कमा आएका चिकित्सक क्वारेन्टाइनमा

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
Teaching-hospital.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै अस्पतालले संक्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ ।

अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँटीको बिरामी रहेको अस्पतालले जनाएको छ । 

अहिले ती बालिकालाई  गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

 संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ । निर्देशक प्रा डा खड्गाले बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन  अनुरोध गरेका छन्।

 अस्पतालले अत्यावश्यकबाहेक शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ)  प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ