arrow

ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
congress_parliament_office.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ । 

कांग्रेस संसदीय दलले बिहिबार एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

 प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। बैठक दिनको १:३० बजे बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ