- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
खलङ्गा । जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताइन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल रु एकएक लाखको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताबताए ।
जिससका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यले शुक्रबार कोरोना बीमा गरेका हुन् ।
क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्याववश्यक रहेको समन्वय उपप्रमख बुढाले बताए ।
जिल्लामा कोरोना बीमा तीन सयभन्दा बढीले गरेका छन् । कर्णालीका सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ ।
जनप्रतिनिधिहरु कोरोनाको परीक्षणलाई तीव्रता दिनुभन्दा बीमामा लागेको आरोप पनि लाग्न थालेको छ ।