arrow

पूर्वराजा झापाबाट काठमाडौं आउँदै

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाह शुक्रबार बिहान झापाबाट काठमाडौंका लागि आएका हुन् । 

एक हप्ता अघि नै जेठ २ गते शुक्रबार पूर्वराजा भद्रपुर आफ्नो निवासबाट काठमाडौं आउने तय भएको थियो । 

तर बिहीबार भने उनी आउने भनिएको सवारीको पास खारेज भएको भन्ने हल्ला चलेपछि उनी नआउनेजस्तो अनुमान पनि गरियो । 

तर पूर्वराजालाई हिँड्नका लागि पास नचाहिने भए पनि त्यस्तो अफबाह फैलाइँदा झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको पास पनि केही घण्टामै खारेज गरेको आएको थियो । 

गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको जनाइएको थियो । 

पूर्वराजा र पूर्वरानी पूर्ण सुरक्षाका साथ शुक्रबार बिहान ९ बजे काठमाडौंका लागि आएको निकटस्थ स्रोतले बताएको छ । 

उनी मोटरबाटो आएका हुन् । 

कोरोना भाइरसका कारण पूर्वराजाको सवारी रोकिएको बताइएको थियो । गृह मन्त्रालयल‍े एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेपछि पूर्वराजा पनि त्यसैमा पर्ने अनुमान गरिएको थियो । 

पूर्वराजा गएको चैत २ गते झापा गएका थिए । 

दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट पूर्वराजा काठमाडौं फिर्ता भएका हुन् । सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा रहेका थिए । ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ