arrow

पूर्वराजालाई दिएको पास सरकारले रद्द गरेपछि यसरी शंकर भण्डारीले सम्झाए लोकतन्त्रको अर्थ

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
shankar-bhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले लोकतन्त्र भनेको उच्च संस्कार, सभ्यता र सरलतामा प्रतिविम्वित हुने बताएका छन् । 

साथै पूर्वमन्त्री भण्डारीले हामीले जतिबढी उदारता, शालिनता र फराकिलो सोच प्रदर्शन गर्न सक्यो देश त्यति नै बढी लाभान्वित हुने समेत बताएका छन् ।

सो कुरा पूर्वमन्त्री भण्डारीले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराएको पास रद्ध गरेको विषय प्रति लक्षित गर्दै बताएका हुन् । 

त्यस्तै पूर्वमन्त्री भण्डारीले पूर्ण लोकतन्त्र प्राप्तिका लागि राजतन्त्रको अन्त्य गर्न सारा नेपालीले गरेको योगदान आफ्नो ठाउँमा महत्वपूर्ण छ तर राजतन्त्रको अन्त्य भनेको नेपालको सबै इतिहास मेटिएको र राजसंस्थाले विगतमा यस मुलुकको लागि गरेको सारा योगदान सकिएको भन्ने अर्थ लगाउन अतिवाद हुन्छ की जस्तो लाग्छ भन्ने समेत बताएका छन् । 

पूर्वमन्त्री भण्डारीले फेसबुक मार्फत सार्वजनिक गरेको अभिव्यक्ति यस्तो छ ‘पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले सामान्य नागरिक सरह जिल्ला प्रशासन कार्यालय झापामा निवदेन दिई काठमाडौं फर्कनलाई पास माग्दा गृह मन्त्रालयले अस्विकार गर्दा कतै हामी हाम्रो सामान्य मर्यादा, संस्कार र सभ्यताबाट विचलित हुन खोजेका त होइनौं भन्ने चिन्ता बढाएको छ । पूर्ण लोकतन्त्र प्राप्तिका लागि राजतन्त्रको अन्त्य गर्न सारा नेपालीले गरेको योगदान आफ्नो ठाउँमा महत्वपूर्ण छ तर राजतन्त्रको अन्त्य भनेको नेपालको सबै इतिहास मेटिएको र राजसंस्थाले विगतमा यस मुलुकको लागि गरेको सारा योगदान सकिएको भन्ने अर्थ लगाउन अतिवाद हुन्छ की जस्तो लाग्छ । फेरी लोकतन्त्र भनेको उच्च संस्कार, सभ्यता र सरलतामा प्रतिविम्वित हुने हो । हामीले जतिबढी उदारता, शालिनता र फराकिलो सोच प्रदर्शन गर्न सक्यो देश त्यति नै बढी लाभान्वित हुने छ । अहंकार र असहिष्णुताले हामीलाई कही पुर्याउन सक्दैन । ढिलै भएपनि सरकारले हिजो गरेको त्रुटि सच्चाएर लोकतन्त्रमा सबैको मर्यादा हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ । जय नेपाल ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ