arrow

सीमा अतिक्रमणको विरोधमा हस्ताक्षर संकल

logo
रासस,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
Lipulek-1.jpg

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर संकल अभियान शुरु गरेको छ ।

 लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकल गर्न लागेको हुन् । 

हस्ताक्षर अभियान शुक्रबारदेखि शुरु भएको छ । 

विश्वभरबाट संकल गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बझुाइने सङ्घले जनाएको छ । 

यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । 

संकल गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ