arrow

मास्क र पञ्जामा राष्ट्रपति, नीति तथा कार्यक्रम प्रस्तुत

logo
रासस,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
rasapi.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न  आएकी छन् । विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनी अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन्। 

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी थिइन्। प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाएका छन् । 

राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

 यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए। 

संविधानबमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ । 

राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ