arrow

भारतले दशगजामा नेपालीहरुलाई खानाको व्यवस्था गरेन

logo
रासस,
प्रकाशित २०७७ जेठ ३ शनिबार
jhapa.jpg

झापा। भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ । नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिरहेको बताए ।

आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फीरूपमा तोडेको भन्दै शुक्रबार पत्रकार भेटघाटको आयोजना गरी विरोध गरेका छन् । “भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ”, उनले भने, “नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस् ।”

उनले भारतमा रहेका नेपालीलाई अमानवीय व्यवहार भएको दोहोर्‍याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले नेपाल आउन पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकडभिट्टा आसपासमा एक हजार २०० नेपाली तयार रहेको जनाउँदै उनीहरुलाई राख्न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको बताए । पूर्वी नाकाबाट भित्रिने नेपालीमध्ये मेचीनगर बसोबास भएका सबैलाई नगरले व्यवस्था गरेको क्वारेन्टाइनमा सहजरूपमा राखिने र नगर बाहिरका मानिसलाई काँकडभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाइने नगरकी उपप्रमुख मीना उप्रेतीले बताईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ