arrow

छपकैयामा रमजानलाई मध्यनजर गर्दै हरियो तरकारी वितरण

logo
प्रकाशित २०७७ जेठ ३ शनिबार
birgunj-new-bid.jpeg

वीरगञ्ज। विश्वलाई कोरोना भाईरसले नराम्रोसँग प्रभावित गरेको छ । कोरोना भाईरसको संक्रमणले विश्वका शक्तिशाली राष्ट्र अमेरिका, युरोप, चीनका साथै अन्य साना तथा गरिब राष्ट्रहरुलाई समेत प्रभावित गरेको छ। संक्रमणको कारण हजारौंले ज्यान गुमाएका छन भने लाखैं संक्रमित छन्। संक्रमित हुने र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

वीरगंज महानगर उच्च जोखिममा परेपछि यहाँ स्थानिय प्रशासनले बैशाख ३१ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी गरेको छ। जसकारणले वीरगंज लगायत आसपासका स्थानको जनजिवन प्रभावित भएको छ।

दैनिकि चलाउन धौ धौ परेको बेला आफनो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै स्व.गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज वडा नं ३ र वडा नं १ का २ हजार घरमा हरियो साग सब्जिको व्यवस्था मिलाएको छ । 

प्रत्येक घरधुरीलाई एक हप्ता सम्म पुग्ने गरि हरियो तरकारी भिन्डी, बोडी, करेला र घिरौला ४ के.जी  वितरण गर्न लागिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जनाएका छन्।

वीरगंज महानगरपालिका छपकैंयाका मुस्लिम बाहुल्य क्षेत्र रहेकोले मुस्लिम समुदायको पवित्र पर्व रमजानलाई मध्य नजर गर्दै स्थानिय प्रशासनसंग समन्वय गरि फाउण्डेशनका अध्यक्षले आफनो घरपरिवारका सदस्यको सहयोगमा छपकैया क्षेत्रमा हरियो तरकारी वितरण गरेको बताएका छन् ।

भारतसंग सिमाना जाडिएको नेपालको प्रमुख प्रवेशद्धार वीरगंज कोरोना भाईरसबाट प्रभावित छ । वीरगंजको नारायणी अस्पतालमा यतिखेर ८५ जना संक्रमितको उपचार भईरहेको छ।

कोरोना भाईरसको संक्रमणबाट दक्षिण एसियाका देशहरु पनि प्रभावित बन्दै गएका छन । दक्षिण एसियाली मुलुक मध्ये भारत सर्वाधिक प्रभावित छ र भारतसंग सिमाना जाडिएको कारण नेपालमा पनि कोरोना भाईरस संक्रमण हुनेको संख्या बढदै गइरहेको छ ।

विश्वका वैज्ञानिकहरुले भाईरसको उपचारका लागि औषधि पत्ता लगाउन सकेका छैनन् भने विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्तिगत सरसफाई तथा सामाजिक दुरी नै हाल यस रोगको उपचारहरु मध्य एक रहेको जिकिर गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ