arrow

सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो

logo
रासस,
प्रकाशित २०७७ जेठ ३ शनिबार
ambulance10.png

भक्तपुर। काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ। शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज साँझ ७:३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल प्रस्थान गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो।

शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ। धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने भएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ