arrow

कोरोनाबाट महिलाको मृत्यु: संक्रमण फैलिन नदिन चिकित्सकको टोली सिन्धुपाञ्चोकमा

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
corona-first-death-nepal.gif

काठमाडौं । सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ । नेपालमा पहिलोपटक कोभिड–१९ को संक्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र संक्रमण फैलिन नपाओस् भनेर चिकित्सकको टोली पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 

उहाँका अनुसार प्रदेश र जिल्लाबाट चिकित्सकको टोली त्यहाँ पुगिसकेको छ भने सङ्घका दुई टोली पनि त्यहाँ आइतबारै पुग्दैछन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले डा पुमा थापाको नेतृत्वमा तीन सदस्यीय विज्ञसहित चिकित्सकको टोली त्यसतर्फ आइतबार पठाउन थालिएको जानकारी दिए ।
 
शुक्रबार बाह्रबिसे नगरपालिकाकी २९ वर्षीया महिलाको कोभिड–१९ को कारणले नेपालमा पहिलोपटक निधन भएको थियो । डा अधिकारीका अनुसार केहीबरेमा उक्त टोली आवश्यक सामग्री लिएर जाँदैछ । यसैगरी सङ्घबाट वाग्मती प्रदेशमा खटिएका डा राधिका थपलिया र डा झलक शर्मा गौतमको दुई चिकित्सकको टोली पनि आइतबार त्यसतर्फ जाँदैछ । डा थपलियाले मृतकको गाउँ पुगेर कस्तो अवस्था रहेको छ भनेर अनुसन्धान गर्ने बताए ।
 
“हामी त्यहाँ पुगेर वस्तुस्थितिका बारेमा अध्ययन गर्दछौँ, त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रले कसरी काम गरिरहेको छ, बाह्रबिसे नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि बसेर त्यहाँको स्थिति पत्ता लगाउँछौँ”, उनले भने । यसअघि उक्त ठाउँमा वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पनि डा पुरुषोत्तम सेढाईँको नेतृत्वमा टोली आइतबारै पठाइसकेको छ । जिल्लाबाट पनि मृतकको गाउँमा टोली कन्ट्याक्ट ट्रेसिङका लागि पुगिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ