arrow

जनता लकडाउनमा, नेकपाका ' राजकुमार ' हरु गल्फ रिसोर्टमा मदिरा सहितको पार्टीमा

लकडाउन र सामाजिक दुरीको धज्जी उडाउँदै यूवा संघका नेता अमित लामा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ४ आइतबार
amit-lama-yuwa-sangh-ncp-go.gif

काठमाडौं। सरकारले कोरोना संकटबाट जोगिन लकडाउन गरेको झण्डै दुई महिना भएको छ। यो बीचमा नेपालमा भुई तहका मानिसहरुले पाएको दुख र पीडाका कथाहरु सर्वत्र आइसकेका छन्। आफू बसेको ठाउँमा काम र माम नपाएर हप्तौ दिन लगाएर आफ्नो जन्मथलो पुग्न पैताला नाप्दै हिडेका दृश्यदेखि राहतका र खानाका लागि रुँदै विलौना गरेका दृश्य पनि नौलो रहेन। 

तर यही बीचमा नेपाली समाजको वर्ग भने सहतहमा प्रष्ट देखिएको छ। अझ कम्युनिष्ट पार्टीभित्रका नेता कार्यकर्ताको विलासी जीवनले नेकपा भित्र कसरी नयाँ वर्ग जन्मिदै छ भन्ने देखाएको छ। नेकपा भित्र जन्मिएको वर्गबीचमा बढ्दो खाडललाई समेत यो लकडाउनले देखाएको छ। 

नेकपाको जनवर्गीय संगठनको रुपमा रहेको यूवा संघका नेताहरुको विलासी जीवन र शैली समेत यो लकडाउनले सतहमा उजागर गराइदिएको छ। लकडाउनका कारण जनता घरमा थन्किरहेका बेला यूवा संघका उपाध्यक्ष समेत रहेका अमित लामा भने लकडाउनको पास लिएर गल्फ खेल्न साथीहरुसँग गोकर्णमा हरेक दिन झै पुगिरहेका पाइन्छन्। 

हुन त उनै लामा सहितका यूवा संघका नेता कार्यकर्ताहरु डा बाबुराम भट्टराई लगायतका नेताहरु बिरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंमा नाराजुलुस गर्न समेत लकडाउन पास बोकेरै पुगेका थिए। आम सर्वसाधारणलाई घरमा थुनेर निर्देशन जारी गरेको सरकारले आफूसँग निकटहरुलाई भने दिएको यो छुट अहिले आलोचित समेत भएको छ। 

आम सर्वसाधारण एक एक अन्नको दाना र एक लिटर पानीका लागि समेत संघर्ष गरिरहँदा लामा जस्ता नेकपाका यूवा नेताहरु भने पाइभ स्टार रिसोर्टहरुमा मदिरा सहितको पार्टी गरेर विलासी जीवन विताइरहेका छन्। न उनीहरुलाई लकडाउनले घरमा कैद गरेको छ न उनीहरुले फ्रर्स हुन चाहँदा कुनै होटल वा रिसोर्टले बन्द हुने छुट पाएका छन्। सरकार सामाजिक दुरी कायम गर्न भनिरहेको छ। तर आफ्नै पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन समेत उनीहरु लत्याइरहेका छन्। 

नेकपाका एक नेताले अहिले नेकपामा यस्ता थुप्रै ‘राजकुमार’हरुको हालिमुहाली रहेको बताए। यो यहि गोकर्ण रिसोर्ट हो जहाँ केपी ओली सहितका नेताहरुको अगाडी वहालवाला पर्यटन मन्त्री योगेश भट्टराई मादल बजाउने र स्वर्गीय रविन्द्र अधिकारी समेत नाच्न पुगेका थिए। अहिले लकडाउनको यो विषम परिस्थितिमा समेत यति समूहको यो रिसोर्टमा नेकपाका यस्तै कैयन नेता तथा ‘राजकुमार’हरु मोजमस्ती चलिरहेको नेकपाकै ति नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ