arrow

आज थप तीनजनामा संक्रमण, २९५ पुगे संक्रमित

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
covid-test-corona.jpg

कोभिड–१९ को सङक्रमणको आज पुनः तीनजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा संक्रमण देखिएको बताए ।

 नयाँ संक्रमितमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका छन् । 

बाँकेमा आजै एकजनाको मृत्यु भएका परीक्षणका क्रममा संक्रमण देखिएसँगै संक्रमितको सङ्ख्या २९५ पुगेको छ । यसअघि आजै रौतहटका १० जनामा कोराना भेटिएको थियो । 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ