arrow

नेपालमा कोरोना संक्रमित थपिए, पुगे ३०४

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित ३०४ पुगेका छन् । सोमबार बिहान ९ जना नयाँ संक्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ८ः४५ मा अध्यावधिक गरेको प्रेस विज्ञप्ति जारी गर्दै नयाँ संक्रमितमध्ये रौतहटमा ८ जना र बारामा १ जना थपिएका हुन् । 

रौटहटको इशनाथ नगरपालिकाको २, ३, ६ र ९ निवासी २१ देखि ३० वर्षका पुरुषहरु ७ जना रहेका छन् । 

त्यस्तै रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला तथा बारा करैयामाई ५ निवासी २८ वर्षीय पुरुष थपिएका हुन् । 

थपिएका रौतहटका ८ र बाराका १ जना हुन् । त्यसैगरी पुरुष ८ जना हुँदा महिला १ जना हुन् । 

अहिलेसम्म नेपालमा २ जनाको ज्यान गइसकेको छ । ३६ जनालाई निको भएको छ । ३४६ जना आइसोलेसनमा रहेका छन् । 

१८ हजार ३५७ जना आइसोलेसनमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ