arrow

थपिए ९ कोरोना संक्रमित, प्रदेश २ मा पुग्यो १३१

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार

धनुषा । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १३१ पुगेको छ ।  समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना संक्रमित थियो । 

सोमबार बिहान ९ जना थपिएपछि यो संख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना संक्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

सोमबार बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् ।

 यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक-एक जना कोरोना संक्रमित छन् । 

 यी नयाँ नौ जनासँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । आइतबार मात्र कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्युसहित १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ