arrow

विराटनगरमा कोरोना : लकडाउनमा थप कडाइ

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
Corona-Discharge--biratnaga.jpg

विराटनगर । विराटनगर महानगरपालिकाका केही वडामा कोरोना संक्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ ।

जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र  सजाय समेत दिने गरेको छ । लकडाउनमा प्रहरीले औषधि, दुग्ध र पानी बिक्री वितरण गर्नेलाई छुट दिएको छ भने अन्य क्रियाकलापमा बन्देज लगाएको छ ।

  यहाँ आज बिहानैदेखि प्रहरीसँगै ‘प्रहरी मेरो साथी’ अभियानमा सम्लग्न युवाले  प्रहरीलाई मद्दत गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोरोना परीक्षणमा  विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया  महिलामा  संक्रमण भएको पुष्टि थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ