arrow

पानी भर्न गएकी १० वर्षीया लक्ष्मी भेरी नदीमा हराइन्

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
bheri.jpg

सल्यान । भेरी नदी पानी लिन जादा डुबेर आइतबार साँझ एक बालिका बेपत्ता भएकी छिन् ।  

बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी  नदीमा पानी लिन गएकी थिइन् ।

 बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ