arrow

काठमाडौं : लकडाउनमा थप कडाइ

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
lockdown-tole-block.jpg

काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् ।

 कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर उपभोक्तले बाहिरैबाट पैसा दिने र सामग्री लिने व्यवस्था गरिएको छ । 

एक टोलबाट अर्को टोलसम्म कसैको पनि आवतजावत नहोस् र भाइरसको जोखिम  कम गर्नका लागि स्थानीयले यस किसिमको व्यवस्था लागू गरेका हुन् । अहिले असन, इन्द्रचोक दमाईंटोल, ताम्सीपाखा, नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटीलगायतका स्थानबाट अयन्त्र जान पाइने छैन भने अन्यत्रबाट आउन पनि पाइँदैन । पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको हकमा भने निर्वाध आवतजावत गरिरहेका छन् । 

यस स्थानमा स्थानीय युवा स्वयंसेवकका रुपमा खटी लकडाउनको पालना गराएका छन् । केही दिनअघि मात्र लकडाउनको खासै पालना भएको नदेखिने यी स्थानमा अहिले पूर्णपालन भएको छ । 

अहिले यी स्थानका घरमा कोही नयाँ मान्छे आए पनि सम्बन्धित वडा कार्यालयमा जानकारी हुने गरेको छ । नयाँ मान्छे नल्याउन र कोहीकहीँ नजानका लागि सबैलाई सम्बन्धित वडाले कडा गरेको छ कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने।

उनले भने, “अवस्था जटिल बन्दै गएकाले अब नागरिक अटेर गरी सडकमा निस्के केन्द्र सरकारको सहयोगमा थप कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।” कामपाले जोखिम हुन नदिन उपत्यका प्रवेश गर्ने  र जाने क्रमलाई तत्काल रोक्न केन्द्र सरकासँग माग पनि गरेको जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ