arrow

रेड जोनमा परेको कपिलवस्तुमा किटको अभाव, कारोना परिक्षणमा ढिलाई

१३ सय जनको पिसिआर परिक्षण

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-test-kit.jpg

कपिलवस्तु। रेड जोनमा परेको कपिलवस्तुमा  किटको अभाव हुदा कोरोना परिक्षणमा ढिलाई भएको छ ।  किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण हुन सकेको छैन । जिल्लामा प्रदेश नम्बर ५ मा सबैभन्दा बढी ४३ जना कोरोना संक्रमित भएका छन । 

पिसिआर टेस्टकालागि भिटिएम किटबाट स्वाब संकलन गर्ने गरिन्छ । तर सिमित मात्रामा किट हुदा क्वारेन्टाईमा बसेका ८० प्रतिशत बढीको अझै स्बाव संकलनमा  ढिलाई भएको स्वास्थ्य कार्यालकाय कोरोना फोकल पर्सन कुमार थापाले बताए । यस्तै कोरोना संक्रमितको ट्याभल र कन्ट्याक्ट हिस्ट्रीबाट पहिचान भएका ब्यक्तिको समेत स्बाव सकलन समयमै हुन सकेको छैन । 

अहिले सम्म १ हजार ३४० भिटिएम किट प्राप्त भएको थापाले बताए । जसमध्ये १ हजार २३९ जनाको स्बाव टेस्ट भईसकेको छ । यशोधरा गाउपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले क्वारेन्टाईनमा १४ दिन बढी बिताएका मानिसहरु बढदै गएका छन तर किटको अभाव देखाउदै स्वाब सकलन नगरिदा धेरै समस्या आएको बताए । 

यशोधराका क्वारेन्टाईनमा ९ सय ८ जना छन । त्यसमध्ये आधा भन्दा बढीले १४ दिन बढी क्वारेन्टाईनमा बिताए पनि परिक्षण नहुदा आत्तिएको उनले बताए । ‘ जसातेतो थम्मथमाएर राखेका छौ, अब अरु ढिला गरे भने झन समस्या हुने देखिन्छ ’ उनले भने । क्वारेन्टाइृनमा मान्छे थपिदै गए पनि परिक्षण  नगरिदा समस्या जटिल बन्दै गएको उनले गुनासो गरे । यशोधरा गाउपालिामा १२ जना संक्रमित भेएिका छन ।

 यस्तै ५ जनासंक्रमित भेटिएको मायादेबी गाउपालिमामा पनि किट अभावले परिक्षणमा ढिलाई भएको मायादेबी गाउपालिका स्वास्थय सांयोजक महेन्दै्र यादवले बताए । ‘ क्वारेन्टाईनमा २० दिन बढी बसकेकाहरु समेत छन तर उनीहरुको अहिले सम्म परिक्षण हुन सकेको छैन’ उनले भने ‘ क्वारेन्टाईनमा बसेकाहरुोको गोठाला बस्न बाध्य छौ ’ । क्वारेनटाईनमा १४ बिताईसकेकाहरुले कि आफुहरुलाई परिक्षण गरियेोस नत्र घर जान दिईयोस भन्ने माग गरीरहेको यादवले बताए । परिक्षणा  ढिलाई हुदा आफुहरु तनावमा परेका उनले गुनासो गरे । 

मायादेबी गाउपालिकामा ७८७ जना क्वारेन्टाईनमा छन । जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पीसीआर परीक्षणका लागि १ हजार ३४० सय भीटीएम र आरडीटी किट १ हजार १ सय ६० प्राप्त भएको छ । किट अभावले परिक्षणमा समस्या आएको बताए । आरडीटी किट सकिएको छ । सामेवार सम्म सम्म एक हजार ३०३ जनाको पीसीआर परीक्षण गरिएको छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ७ हजार ८ जना रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ