arrow

कपिलवस्तुमा कोरोनाको त्रास : थप पन्ध्र दिन सील

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
kapilbas2.jpg

कपिलवस्तु। कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्याल कपिलवस्तुले फेरी १५ दिनलाई जिल्लालाई सील गरेको छ । यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मकालागि जिल्लालाई सील गरिएको थियो ।

 सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सील गर्ने  निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए । जेठ २० गते सम्म जिल्लालाई सील गरिएको हो ।  

प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले सो निर्णय गरेको हो । जेठ २० गते मध्यरात सम्म  जिल्लालाई सील गरिएको हो । प्रजिअ दीर्घनारायण पौडेलले जिल्लामा कोरानो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्र्न जिल्लालाई सील गर्न अवधि थपिएको बताए । 

यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ । अब हप्ताको ३ दिन सोमवार बुधवार र शनिवार बिहान ७ देखि नौ बजे मात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ । जिल्लामा आउन र जान पुर्ण निषैध गरिएको छ । 

अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उदोग ब्यवसाय, सवारी साधानमा पुाणर्ण रोक लगाईएको छ । स्थानीय प्रशासन र ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सील गरिएको हो । प्रजिअ पौडेलले अब पासमा समेत कडाई गरिने छ । जिल्लामा ४३ जना कोरोना संक्रमति भेटिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ