arrow

कोरोना परीक्षण हुने भएपछि काठमाडौँको फोहर उठ्ने

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-test1.jpg

काठमाडौँ  । सिसडोलवासीको कोभिड–१९ परीक्षण हुने भएपछि काठमाडौँ उपत्यकाको नियमित फोहर विसर्जन हुने भएको छ । सिसडोलवासीले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले आजदेखि लागू हुने गरी एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।  

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या विद्यासुन्दर शाक्यको नेतृत्वमा आज ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको हो । ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको मागअनुसार सिसडोलवासीमा कोरोना सङ्क्रमण भए–नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा  परीक्षण गर्ने सहमति भएको छ । 

कामपाले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडिटी र पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिनुभयो । उपत्यकाको फोहोरा छोपेर सिसडोल लैजाने सहमति भयो । प्रमुख शाक्यले भन्नुभयो, “सहमतिअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म फोहर विसर्जन गरिसक्नुपर्ने छ ।”
 
ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलवासीले कोरोना सङ्क्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले हालको नियमित फोहर विसर्जन हुने जानकारी दिनुभयो । कामपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार फोहर विसर्जन स्थल आसपासका बढी प्रभावित कम्तीमा ३०० जनाको परीक्षण गर्ने तयारी कामपाको रहको छ । 

हालको लागि फोहर विसर्जनसम्बन्धी समस्या समाधान भए पनि यो नै दीर्घकालीन समाधान भने होइन, कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हँुदा अब त्यहाँ  स्थानको पनि अभाव भइसकेको छ । हाल काठमाडौँ उपत्यका १८ वटा स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ