arrow

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७५ पुग्यो, एकैदिन ८० थपिए 

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । सोमबार एकैदिन ८० संक्रमित थपिएका छन् । 

आइतबार रातिसम्म दुई सय ९५ संक्रमित भएकामा सोमबार एकैदिन ८० जना थपिएका हुन् । पछिल्लो पटक राति १०ः१५ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या ३ सय ७५ पुर्याएको हो । 

पछिल्लो पटक १८ जना थपिएका छन् । थपिएकाहरु बाँके नरैनापुर निवासी १२ पुरुष, धनुषा निवासी २ पुरुषहरु, खोटाङ हलेसीका १ पुरुष, दैलेख, आठविस १ निवासी १ पुरुष, सुनसरी निवासी १ पुरुष, झापा निवासी १ जना पुरुष रहेका छन् । 

हालसम्म प्राप्त विवरण अुनसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ । 

यसअघि अपरान्ह गरिएको पत्रकार सम्मेलनमा ४७ जना बाँकेका संक्रमित भएका थिए । त्यस्तै बिहान ८ जना रौतहटका संक्रमित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ