arrow

बालिकालाई प्रयोग गरि सेक्स भिडियो बनाउने गिरोहका ३ जना बिरगञ्ज स्टुडियोबाटै पक्राउ

लकडाउन र कर्फ्यूमै चलाइरहेका थिए बैजु प्रजापतिले धन्दा

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०७७ जेठ ५ सोमबार
sex-scandel-parsa.gif

वीरगन्ज। लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको चित्रलेखा फोटो स्टुडियोमा बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौन धन्दा चलाएको आरोपमा प्रहरीले स्डुडियो संचालक बैजु प्रजापति सहितलाई पक्राउ गरेको छ। 

बीरगञ्जमा यतिखेर लकडाउन सहित कर्फ्यु समेत छ। तर बैजु भने यहि मौकामै बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौनधन्दा र सेक्स मुभी बनाउने धन्दामा लागेको सूचना पाएपछि स्पेसल टास्क फोर्सले छापा मारी बैजु सहित उनका सहयोगी र दुई वालिकालाई पनि नियन्त्रणमा लिएको हो। 

केहि दिनदेखि शंकास्पद गतिविधी भइरहेको स्थानियहरुले खबर गरेपछि टास्क फोर्सका प्रहरीले छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी छापा मार्न आउँदा बैजु उनका सहयोगी वादल जैसवाल र मनिष मिश्राले दुई बालिकालाई स्टुडियोकै भित्तामा फल्स वटम प्रयोग गरि बनाइएको सानो खोपीमा लुकाएका थिए। प्रहरीले उनीहरुलाई त्यहाँबाट उद्धार गरि महिला सेलमा पठाएको छ भने तीन जना आरोपितलाई प्रहरी हिरासतमा राखिएको छ। बब्लु भन्ने बैजुका अर्का सहयोगी भने फरार भएका छन्। 

नियन्त्रणमा आएका दुई बालिकाहरु ११ र १३ बर्षका छन्। उनीहरुले आफूहरु रानीघाट बस्ने बताएका थिए। नियन्त्रणमा रहेका बालिकाहरु अन्यको घरमा गएर काम गर्ने परिवारका भएको ग्रीनसीटीका प्रकाश खेतानले बताए।

स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोमा छापा मारेको थियो। लकडाउन तथा निषेधाज्ञाको धज्जी उठाउँदै स्टुडियोका संचालक प्रजापतीले स्टुडियोमा यौनधन्दा चलाउँदै आएको स्थानियहरुको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ