arrow

अर्घाखाँचीका सबै नाका शिल गर्ने निर्णय

logo
घनश्याम पौडेल,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
arghakhachi_district_map.png

अर्घाखाँची । छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना देखिएपछि अर्घाखाँचीमा थप सतर्कता अपनाउन थालिएको छ । अर्घाखाँची जिल्लाका सिमा नाका सिल गर्ने जिल्ला सुरक्षा समिति  बैठकले  निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सस्था नभए सम्म बन्द  गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । 

गुल्मीका संक्रमित बिरामि सन्धिखर्क स्थित छायाँ पोलिक्लनिकमा चेक गराएर बुटवल गएकाले छाया  पोलिक्लिनक अर्को व्यवस्था नभए सम्म  सिल गर्ने पनि निर्णय गरेको छ । 

 तरकारी,दूध,किराना,मासु पसल विहान  ७ देखि १० देखि खोल्ने, दूध  पसल विहान ६ देखि ९ बजे र  बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप  कडाई  गर्ने पनि निर्ण गरेको छ ।  

अत्यधिक काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गरि टिपाई मात्र हिडढुल गर्ने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ