arrow

नयाँ नक्साले कमजोरी ढाकछोप गर्ने की परिणाममुखी काम : गगन थापा

आशा जित्ला कि आशंका प्रमज्यू ?

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
gagan-thapa2.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसदमा प्रधानमन्त्रीलाई नेपालको नयाँ नक्सा जारी गरेको निर्णयमा ‘आशा जित्ला कि आशंका?’ भन्दै प्रश्न गरेका छन्।

संसदमा प्रश्न सोध्ने क्रममा थापाले नयाँ नक्साले कमजोरी ढाक्ने की परिणाममुखी काम गर्ने भनेर सोधेका हुन्।

उनले नेपाल सरकारको उक्त निर्णयको सवागत गर्दै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ता ल्याउने विषयमा आशा र आशंका देखिएको भन्दै केले जित्ला भनेर प्रश्न गरेका हुन्।

गगनले संसदमा प्रधानमन्त्रीलाई यसरी प्रश्न गरेका थिए। , ‘केही मानिसहरु आशंका गर्दैछन् कि प्रमज्यूले अबको नक्सा भूमि फिर्ता गराउन ठोस पहल कदमीका लागि होइन बरु नक्सा जारी गरेकोमा महिमागान गर्दै/ गराउँदै घरभित्रका अन्य कमजोरी ढाकछोप गर्न प्रयोग गर्नुहुनेछ?’

थापाले भने, ‘केही मानिसहरु आशा गर्दैछन् प्रमज्यूले नक्सा जारी गर्ने यो सही कदमलाई अब भूमि फिर्ता गर्ने दिगो संयन्त्रसँग जोड्दै सुझबुझका साथ परिणाममुखी काम गर्नुहुनेछ र यसका लागि सबैको साथ लिनुहुनेछ। दायित्वबाट पन्छिएर यो नक्साको कदाचित दुरुपयोग गर्नु हुनेछैन।’

 ‘आशा जित्ला कि आशंका प्रमज्यू ?’ गगनले अन्त्यमा सोधे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ