arrow

लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने सरकारको निर्णय सकारात्मक तर अपूर्णः लेखक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
ramesh-lekhak-naya.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने सरकारको निर्णय सकारात्मक तर अपूर्ण रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिती आयरल्याण्डको आयोजनामा आयोजित "कोरोना प्रभाव र सिमा बिवाद" विषयक वेबनारमा बोल्दै नेता लेखकले सो कुरा बताएका हुन्।

नेता लेखकले सन १८१६ मा भएको इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सम्झौता अनुसार काली नदीसम्म नेपालको भुभाग रहेको बताए। उनले लिम्पियाधुरा, लिपुलेक काली नदी यतै रहेकोमा नेपाली कांग्रेस त्यसमा प्रतिबद्ध रहेको पनि जनाए।

लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हुँदै भारत सरकारले मानसरोबरसम्म जोडने सडक निर्माणको कार्य अगाडी बढाएपछि नेपाली कांग्रेसले सरकारलाई तुरुन्त कुटनैतिक रुपमा वार्ता गरि भूमि फिर्ता लिन पहल गर्न ध्यानाकर्षण गराएको उनले स्मरण गराए।

हाल सरकारले नक्सा जारी गर्ने निर्णय गरेको सकारात्मक भएता पनि सन २०१५ मा भारत र चीन सरकारबीच लिपुलेक हुँदै मानसरोबरसम्म सडक जोडने सहमती भएकाले चीनसँग पनि कुटनैतिक पहल नगरी नक्सा मात्र जारी गर्ने कार्य अपूर्ण हुने बताए। नेता लेखकले कोरोना नियन्त्रण र सिमा बिवादका बिषयमा सरकारलाई नेपाली कांग्रेसको पूर्ण सहयोग रहने समेत बताए।

नेता लेखकले कोरोना प्रकोपबाट अल्पकालीन र दीर्घकालीन रुपमा ठूलो असर पर्न सक्ने अल्पकालीन र दीर्घकालीन समस्या समाधान गर्न सरकार असफल भएको समेत जनाए।

नेपाली कांग्रेस जनसम्पर्क समिती आयरल्यान्डको आयोजनामा भएको कार्यक्रममा सभापति शुभराज न्यौपाने, कार्यबाहक सभापति लक्ष्मी सापकोटा, पूर्व अध्यक्ष नवराज कोइराला, महामन्त्री प्रकाश सापकोटा , सह महामन्त्री अंकित वली लगायतले आफ्नो धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ