arrow

कोरोनाको कन्ट्याक्ट ट्रेसिङ गर्न गएका डाक्टर नै भए संक्रमित, धनकुटामा अस्पतालकै ५मा देखियो

मंगलवारसम्म ४०७ मा देखियो संक्रमण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-nepal-health.jpg

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४०७ मा पुग्दा मंगलवार मात्र ३२ जना संक्रमित थपिएका छन्। अब नेपालका झण्डै आधा जिल्लामा कोरोना संक्रमणको असर पुगेको छ। मंगलवारसम्म ३६ जिल्लामा कोरोना संक्रमणका विरामी भेटिएका छन्। मंगलवार पहिलोपटक चिकित्सकमा समेत संक्रमण पुष्टि भएको छ।  

नेपालामा मंगलवार दिनभरमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। अपरान्ह ४ बजे स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २७ जना संक्रमितको भेटिएको जानकारी दिएका थिए। जसमा झापाका नौ र कपिलवस्तुका ४ सहित थिए।

दिउँसोको संख्यामा राती धनकुटाले थपेको छ। राति धनकुटाका थपिएका पाँच जनापछि मंगलवार संक्रमण हुनेको संख्या ३२ पुगेको हो। धनकुटामा जिल्ला अस्पतालमा रहेका पाँच जनामा संक्रमण पाइएको हो। संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्।

नेपालमा पहिलोपटक चिकित्सक पनि कोरोना संक्रमित भएका छन्। यसअघि कपिलवस्तुमा पनि एक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो। ललितपुरमा भने चिकित्सकमै संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत उनी केही दिनअघि संक्रमणको उच्च जोखिम देखिएको कपिलवस्तु र रूपन्देही पुगेर संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका थिए। 

यसमा अहिलेसम्म ३७ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने दुई जनाले ज्यान गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ