arrow

प्रधानमन्त्री सदनमा चुक्नुभयो – डा चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली सदनमा चुकेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबारको संसद बैठकमा ठूलो सहयोग गर्ने प्रतिपक्षलाई धन्यवाद समेत नदिएको भन्दै ओली चुकेको डा भण्डारीको विश्लेषण रहेको छ ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री सदनमा चुक्नु भयो त्यती ठुलो सहयोग गर्ने प्रतिपक्ष दलका नेता र सभासदलाई धन्यवाद दिन सक्नु भएन । यही त फरक छ ।’

डा भण्डारीले विगतलाई समेत केलाउँदै लेखेका छन्, ‘नेपालको राजनीति बुझ्न कठिन छ । यहाँ बाहिरी शक्तिहरु खेलिरहन्छन् । एकले अर्कालाई चिन्न मुस्किल हुन्छ । वि पी कोईरालाको सरकार  सैनिक कु मा पर्नु भनेको प्रजातन्त्रको अपहरण मात्र थिएन सगरमाथाको आधाभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली नक्साबाट हटाउने र सिमानामा सुरक्षा नराख्नु थियो ।’

उनी अगाडि लेख्छन्, ‘प्रजातन्त्रको प्राप्तिपछि गम्भिर हुनुपर्दथ्यो तर नेताहरु आपसी कुस्तिमा लागे । यसैलाई अवसर ठानेर शक्ति केन्द्रबाट पालिएका मानिसहरु विभिन्न पार्टीमा शक्तिशाली बन्दैगए ।

तथापि संविधान बनाउँदा सबै राष्टवादी शक्ति एक ठाउमा उभिए संविधान बन्न सक्यो । अहिले नेपाली भूमि फर्काउने कुरा थियो जुन नेपालको नक्सामा थिएन तर भारतले आफ्नो नक्सामा सामेल गरेपछि नेपालमा जनआक्रोश बढ़्यो ।’

डा भण्डारीले थप स्पष्ट पारे, ‘नेपाली काग्रेसका सभापतिले देशको पक्षमा आफ्नो अडान राख्नु भयो । सरकारले राम्रो तरिकाले विरोध गर्न सकेन । परराष्ट्र मन्त्रालयबाट कहिले हस्ताक्षर नबुझिने र कहिले हस्ताक्षर नभएका पत्र बाहिर आए । जनआक्रोश सरकारपट्टी ठडियो । सरकारले आफ्नो नीति कार्यक्रममा नक्सा सार्वजनिक गर्ने बतायो ।’

उनी अगाडि लेख्छन्, ‘प्रतिपक्ष दल चट्टान झै उभिएर नक्साजारी गर्न सरकारलाई सहयोग गर्यो । नक्सा जारी गर्ने निर्णय सरकाले गर्यो । प्रधानमन्त्री आफ्नै पाटीका साथीहरुसंग डराउनु भएको थियो । त्यसैले त आफ्ना मन्त्रिलाई नडराउन, खुट्टा नकमाई डटेर सामना गर्नुस प्रमाण छ भन्नु पर्ने अवस्था भयो ।’

नेता भण्डारीले लेखेका छन्, ‘संविधान निर्माण र नक्सा जारी गर्नेकाम राष्ट्रवादी शक्तिको जित हो । खुसीको कुरा हो । अब कुटनीतिक तरिकाले कुरा गर्ने रणनितिहरु बनाउने काम  प्रधानमन्त्रीको हो । ठुला चुनौंतिको सामना गर्नु पर्ने हुन सक्दछ । अब बोलेर मात्र हुँदैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ