arrow

कालिमाटीका दुई प्रहरीलाई देखियो कोरोना, दुईसय प्रहरी फिल्ड जान रोकिए

‘मेस, ट्वाइलेट एउटै छ ककस्लाई पो भयो होला?’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ७ बुधबार
nepal-police-Fn.png.png

काठमाडौं। महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृत अन्तर्गत रहेका करिव २ सय प्रहरी फिल्डमा जान रोकिएका छन्। 

वृतमा कार्यरत एक सई र जवानमा कोरोना परिक्षणमा पोजेटीभ देखिएपछि उनीहरुलाई गए राती नै सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिए। दुई प्रहरीमा कोरोना देखिएपछि आफ्नो क्षेत्रमा रहेका करिब दुई सय प्रहरीलाई फिल्डमा जानबाट रोकिसकेको बताए। 

सबैको कोरोना परिक्षण भएपछि मात्र प्रहरी कार्यक्षेत्रमा जान सक्छन नत्र प्रहरी आफै कोरोना क्यारियर हुन सक्ने भयका कारण प्रहरीलाई तत्काल काममा कजान रोकिएको उनले बताए। 

कालिमाटीमा महिला सेल पनि रहेको छ भने ट्राफिकको पनि कार्यालय छ। सबैको काम अब रोकिएको छ। हामीले सील गरेका छौं कुँवरले भने।   

दुई प्रहरीमा कोरोना देखिएपछि अग्रभागमा रहेर काम गर्नुपर्नेको अवस्था यसले देखाएको छ। 

वृत्त अन्तर्गत रहेका अन्य प्रहरीको अवस्थाको बारेमा परिक्षण पछि बताउन सकिने उल्लेख गर्दै कुँवरले भने, 'अहिलेसम्म सबैको मेस एउटै छ ट्वाइलेट एउटै छ कस्को बारेर्मा के भन्न सकिन्छ र जस्लाई पनि भएको हुनसक्छ। तत्काल सीसीआर टेस्टको लागि सम्वन्धित निकायमा खबर गरिसेका छौ। चाँडै टेस्ट हुने अपेक्षा गरेका छौं। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ