arrow

कपिलवस्तुमा कोरोनाको त्रास : क्वारेन्टाइनबाट भागे ११ व्याक्ति

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
quranine.jpg


कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् ।  भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।

कपिलबस्तुमा थप १२ जनालाई कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । नगरपालिकाका ९ जनामा बुधबार कोरोना देखिएको पुष्टि भएको छ । बुधबार नै विजयनगरका थप ३ जनामा पनि कोरोना देखिएको स्रोतले बताएको छ। यससँगै कपिलवस्तुका १० वटै पालिकामा नै कोरोना फैलिएको छ ।
  
पन्ध्र दिनको क्वारेन्टाइन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उनले बताए । उनले भने “संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।” खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए । दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताए ।

गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टाइनबाट भागेका थिए । उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट समेत चार जना भागेका थिए ।  भागेका सबैलाई पुनः क्वारेन्टाइनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए ।  क्वारेन्टाइन सञ्चालन गरिका कतिपय स्थानमा पङ्खालगायत सुविधा र  समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टाइनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए ।  

कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टाइनमा  सात हजार ४५१ जना छन् । हालसम्म क्वारेन्टाइनमा बसेर एक हजार ८०४ जना डिस्चार्ज भएका छने । जिल्लामा पिसिआरका लागि आवश्यक पर्ने एक हजार ७६५ भिटिएम किट उपलब्ध भएकामा करीब एक हजार चार सय जनाको स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ