arrow

आइसोलेशनमा मृत्यु भएका २२ वर्षीय युवकमा देखिएन कोरोना

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
corona-test.jpg

रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । 

रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो । दुई वर्षदेखि मिर्गौलाको  रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । 

अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए ।

   
हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ