arrow

लिपुलेकमा चीनको नियत पनि राम्रो देखिएनः व्यवसायी 

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
Lipulek-1.jpg

काठमाडौं। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरी तिब्बतको कैलास मानसरोवर जाने सडक निर्माण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग आग्रह गरेको छ । 

संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै वार्ताका माध्यमबाट समस्या समाधानको प्रयास गर्न र त्यो नभए उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेको हो 

‘नेपालीभूमि फिर्ता ल्याउन र भारतीय हस्तक्षेपबाट सदाका लागि मुक्त हुनका लागि पनि मुक्ति आन्दोलन जरुरी नै भएको हामीले ठहर गरेका छौं’, संगठनका वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

कोशी, गण्डकी, नारायणी, महाकाली लगायतका कैयौं असमान सन्धिहरुबाट ग्रस्त नेपालमा भारतीय विस्तारवादका विरुद्ध आन्दोलन गर्ने नेपाली जनतालाई भारतविरोधीको जामा लगाइदिएर भारतीय शासकहरुको गुलामी र चाकडी गरी सत्तामा जाने नेपाली शासकहरुको चरित्र उदाङ्गो भएको आरोप विज्ञप्तिमा लगाइएको छ । 

विज्ञप्तिमा प्रेस नोट र विज्ञप्ति जारी गर्दै कूटनीतिक वार्ताबाट समस्या समाधान गर्ने भनेर भर नपर्न नेपाल सरकारलाई उद्योगीहरुको आग्रह छ । भारत सरकारले रणनीतिक रुपले आफ्नो विस्तारवादी पञ्जा फैलाइरहने र नेपाली भूमिमा सधैं गिद्दे दृष्टि लगाई राख्ने एवं नेपालको उपस्थिति र सहमतिबिना नेपालीभूमि लिपुलेकमा सडक निर्माण गर्ने भारत र चीनको सम्झौताले चीन सरकारको नियत पनि सकारात्मक नदेखिएको निस्कर्ष उनीहरुको छ । 

‘असंलग्न परराष्ट्र नीति अनुरुप पञ्चशीलाको सिद्धान्तमा आधारित एकले अर्काको सावैभौमिकता र आन्तरिक मामलामा हस्तक्षेपको नीति अवलम्वन गर्ने तर भारत र चीनले हाम्रो यो अनुशासनलाई कमजोरी ठानेर नेपाली भू–भागमा सडक निर्माण गर्ने धृष्टताप्रति हाम्रो घृणा छ’ विज्ञप्तिमा भनिएको छ । .a



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ