arrow

बिदेशमा संकटमा रहेका नेपालीको उद्धारका लागि कांग्रेसले ल्यायो रेस्क्यू नेपाली एप

घर फर्कन चाहने नेपालीहरुलाई फिर्ता ल्याउन सरकारलाई दवाव र सहयोग गर्ने उद्धेश्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ७ बुधबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं। बिदेशमा संकटमा रहेका नेपालीको उद्धारका लागि कांग्रेसले रेस्क्यू नेपाली एप सार्वजनिक गरेको छ। “संकटमा उद्धार मातृभूमिको कर्तव्य“ उद्घोषका साथ नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले एप निर्माण गरेको विभागका संयोजक विश्वप्रकाश शर्माले बताए। 

नेपाल समेत ४३ देशबाट आज जेठ ७ गते नेपाली समय अनुसार अपरान्ह ३ बजे एकसाथ ‘एप’‘वेब एप’ सार्वजनिक गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटर मार्फत एप सार्वजनिक गरेका थिए भने नेपाली जनसम्पर्क समिति रहेका ३५ देशमा सभापति एवं संयोजकहरुले तथा अन्य ७ देशमा सामाजिक भुमिकामा रहेका अगुवाहरूले एप सार्वजनकि गरेका हुन्।

एपको इजरायल, वेल्जियम, संयुक्त अधिराज्य (युके) अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीटजरलैण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलैण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलैण्ड, भारत, चीन, फिनल्याण्ड, आयरल्याण्ड, ओमान, फ्रान्स, साईप्रस, स्वीडेन, लक्जेम्वर्ग, बंगलादेश, मालद्विप्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टाबाट सावजनिक गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण संकलन गर्ने, अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन उद्धेश्य राखिएको शर्माले बताए। 

संकलित तथ्यांक वर्गीकृत गरेर ब्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत ब्यवस्थापन र उद्दार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पुयाउने लक्ष्य राखिएको उनले बताए। 

एपमा ब्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सक्नेगरि मिलाइएको यस एप निर्माण समूहको नेतृत्व गरिरहेका इन्जिनियर दिपेश बिष्टले बताए। 

एप मार्फत ब्यक्तिको पहिचान र सम्पर्क, राहतको अवस्था, हालको अवस्थामा ब्यक्तिगत या पारिवारिक योजना, संभव भएसम्म चांडो नेपाल फर्कने चाहना अथवा तत्काल त्यहीँ रहने योजना, नेपाल फर्कन चाहनुको कारण, नेपाल फर्कने निश्चित योजना, नेपालको ठेगाना, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्र समेटने गरि एप तयार गरिएको परियोजना व्यवस्थापक ई. शशांक श्री न्यौपानेले बताए। 

विश्वब्यापी रूपमा गरिने तथ्यांक र विवरणको एक साताको संकलन पश्चात् उद्वार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकार समक्ष रचनात्मक सुझाव र उद्दारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता शर्माले बताए। 

एपको अशोक श्रेष्ठ, ई नारायण जोशी, अमित सोनारको टीमले तयार गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ