arrow

दुई छोरा मिलेर बाबुको हत्या, गाउँलेले थाहा पाउने भएपछि घरभित्रै पुरे

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
dead2.jpg

मोरंग । विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई बिहिबार प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराले गरी शव घरभित्रै पुरेको जनाइएको छ ।

बुबाको हत्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको सङ्लग्नता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले बताए। दुई दाजुभाई मिलेर बाबुको गत शनिबार राति हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। 

दुई छोरा मिलेर फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीले जनाएको छ । माइली बुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि बुधबार साँझ उत्खनन् गरेर शव बरामदपछि परीक्षणका लागि कोसी अस्पताल पठाइएको थियो ।

सत्यरामका तीन छोरामध्ये जेठा छोरा रोहितसँग बाबुसँगै आफ्नै घरमा बस्थे भने माइला छोरा नागेन्द्र श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छो छोरा सोमकुमार भने विगत तीन वर्षदेखि बेपत्ता छन् । ज्याला मजदूरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकाली दिने चेतावनी दिएपछि छोराबीच विवाद हुँदा हत्या भएको प्रहरीको भनाइ छ । 

बाबुसँग विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले शुरुमा बुबाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीले जनाएको छ । बुबाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घरभित्रै पुरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ