arrow

दार्चुलाको माथिल्लो भेगका नागरिकलाई भारत जान नपर्ने गरि बाटो बनाउन गयो सेना

बाटो बनाउने जिम्मा लिएर घाटीबगरमा पुग्यो नेपाली सेना, व्याँस जाने बाटो खोलिने

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
army-byas-darchula.gif

दार्चुला। महाकाली करिडोर अन्तर्गत रहेको दार्चुला तिंकर सडक खण्डको ८७ किलोमिटर ट्रयाक खोल्ने कार्य सुरु हुने भएको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले सडकको कूल १३४ किलोमिटरमध्ये ८७ किमि सडक खण्डको ट्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय अनुसार उक्त घारेटो बाटोको ट्रयाक खोल्ने कार्य सुरु गरिने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए ।

बिहीबार नेपाली सेनाको टोली व्याँस गाउँपालिका २ घाँटीबगरमा पुगेको छ । घाँटीबगरमा ४५० मिटर गोरेटो बाटो निर्माण कार्य सेनाले गर्ने उनले बताए । निर्माण कार्यको लागि दक्ष प्राविधिक जनशक्ति खटिइसकेको उनले बताए । थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक उपकरण एवं अन्य सामाग्रीहरु हेलिकप्टर मार्फत ओसारपसार भइरहेको छ ।

महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तर्गत ८७ किलोमिटर सडकखण्ड नेपाली सेना मार्फत निर्माण गराउने सरकारले निर्णय गरेको हो । 

जिल्ला सदरमुकाम खलंगाबाट व्याँस क्षेत्र जान व्याँस गाउँपालिका २ मा पर्ने मौरी भिरमा कडा चट्टानी भाग र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले व्यासीहरु भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । व्यासीहरुको समस्यालाई ध्यानमा राखेर सेनाले तत्काल ट्याक खोल्न पहल गरेको हो । उक्त बाटो सुचारु भएपश्चात स्थानीय बासिन्दा नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् । 

आर्थिक वर्ष ०६५/६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि सम्पन्न हुन सकेको छैन् । समयमै निर्माण कार्य सम्पन्न हुन नसक्दा बेलाबेला यसको ठेक्का नेपाली सेनालाई दिने कुराहरु उठेको थिए । यो सडकको हालसम्म ४० किलोमिटर सडक खण्डमा मात्रै साधारण बाटो खुला गरिएको छ ।

दशकौं देखी कछुवा गतिमा निर्माण कार्य भइरहेको उक्त सडक खण्डको जिम्मेवारी पछिल्लो समय नेपाली सेनाले पाएपछि स्थानियबासी खुसी भएका छन् । घोरेटो बाटो सुचारु भएपछि व्याँसका स्थानियहरुलाई नेपालकै बाटो प्रयोग गरेर आफ्नो बन्दोबस्तीका सामान ढुवानी गर्न समेत सहज हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ