arrow

कोरोनापछि सरकारले खेल्नुपर्ने भूमिकाबारे गणेशमान सिंह अध्ययन प्रतिष्ठानको प्रतिवेदन, बजेटमा समेट्ने आश्वासन

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
ganeshman-adhyan-pratistan-.jpg

ईश्वर पोखरेलले गरे प्रशंसा, भन्छन् –स्वस्फूर्त रुपमा यस प्रकारका अध्ययन विरलै हुने गरेका छन् 
काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले ‘सर्भाइवल, रिभाईवल, एण्ड बियोण्डः नेपाल्स स्ट्राटेजी टु म्यानेज द ईम्प्याक्ट अफ कोभिड–१९’ अध्ययनको प्रतिवेदन सरकारलाई बुझाएको छ । 

प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रतिष्ठानले गरेको अध्ययनको प्रतिवेदन बुझाएका हुन् । 

उक्त अध्ययनको अन्यका अतिरिक्त सरकारले जीडीपीको ५ प्रतिशत अर्थात् करिब २ खर्बको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनु पर्ने निचोड रहेको छ । 

यसबाहेक जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनु पर्ने, कोभिड–१९ को व्यापक परीक्षण गर्नु पर्ने, एसईई परीक्षा खारेज गर्नु पर्ने, स्वास्थ्यकर्मी लगायत अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्ता तथा सुरक्षाको स्तर बढाउनु पर्ने जस्ता निचोड पनि उक्त अध्ययनको रहेको छ ।

प्रतिष्ठानले अध्ययनको सारांश एक हप्ता अघि नै सार्वजनिक गरिसकेको भएता पनि प्रधानमन्त्री र उपप्रधानमन्त्रीको कार्य व्वस्तताको कारणले सरकारलाई यो प्रतिवेदन बुझाउन समय मिलेको थिएन ।

प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले छोटो समयमा गहन अध्ययन गरेर सुझाव पेश गरेकोमा अध्ययन टोलीलाई बधाई दिंदै प्रतिवेदनको धेरै भन्दा धेरै सुझावहरु बजेटमा समावेश गर्न अर्थमन्त्रीसंग छलफल गर्ने आश्वासन दिए । 

उनले स्वस्फूर्त रुपमा यस प्रकारका अध्ययन विरलै हुने गरेको जनाउँदै प्रतिष्ठानले गरेको यो कार्य सह्रानीय रहेको जनाए । यसै क्रममा उपप्रधानमन्त्रीले सरकारले कोरोना विरुद्धको लडाईमा संपूर्ण शक्ति लगाएको तर विभिन्न वाधा व्यवधानले गर्दा केहि कुराहरुलाई प्राथमिकरण गर्नु परेको बताएका छन् । 

यसमा पहिलो प्राथमिकता परीक्षण, विदेशमा अलपत्रमा परेका नेपालीलाई देशमा ल्याउने र दैनिक जीवनयापनमा समस्यामा परेकालाई खाद्यान्न उपलब्ध गराउनु रहेको उनले बताए । 

प्रतिष्ठानका अध्यक्ष जोशीको अध्यक्षतामा गठित अध्ययन समितिमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, डा जगदिश चन्द्र पोख्रेल, प्राडा गविन्दराज पोख्रेल, डा स्वर्णिम वाग्ले तथा पूर्व सदस्यहरु प्रा डा पुष्कर बज्राचार्य र डा अरविन्द कुमार मिश्र रहेका छन् । त्यस्तै प्राडा कुशुम शाक्य, डा दधि अधिकारी, महेन्द्र यादव र बसन्ती आचार्य सदस्य रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ