arrow

वृद्ध दम्पत्तीमा कोरोना : क्यान्सरको उपचार गराएर यसरी भित्रिए नेपाल

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
senoir-citizen.jpg

चितवन । चितवनका दुई जना कोरोना संक्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए । 

भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा शुक्रबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनहरु दम्पती हुन् । उनहरुसँगै दिल्ली गएका जेठो छोरामा भने संक्रमण देखिएको छैन ।

उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए । एम्बुलेन्स परिवर्तन गरी उनीहरु यहाँ आइपुगेका थिए । उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए । संक्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार कन्टयाक्ट ट्रेसिङ गरेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार संक्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

अहिले संक्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ । संक्रमित बिहीबार आफँै परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए । उनीहरुमा संक्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ । अहिले सो अस्पतालमा चार संक्रमितको उपचार भइरहेको छ । दुई थपिएसँगै चितवनमा संक्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि संक्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौँमै उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ