arrow

नेपालको नयाँ नक्सा: संविधान संशोधनका लागि प्रस्ताव दर्ता

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
samsodan.jpg

काठमाडौं। सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई संविधानमा समावेश गर्न संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएको छ ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

तुम्बाहाङफेले अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । 

शुक्रवार नै बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको थियो । 

लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधनको आवश्यकता परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ