आमा गुमाएको शिशुको परिवारलाई पूर्व मन्त्री बस्नेतले दिए एक लाख सहयोग
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
813
Shares
काठमाडौं। कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएकी आमाको नवजात शिशुमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि धुलिखेल अस्पतालबाट डिस्चार्ज गरिएको छ।
अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बालकको हजुरआमालाई १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। बस्नेतले यसअघी घोषणा गरे अनुसार ५० हजारमा बेलायत बस्ने माया गुरुङ र पार्वती गुरुङको संयोजनमा जम्मा गरिएको ५० हजार थपेर एक लाख हस्तान्तरण गरेका हुन्।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको जेठ ३ गते शनिबार धुलिखेल अस्पतालमा निधन भएको थियो ।
पूर्वमन्त्री बस्नेतले नौ दिनमै आमा गुमाएका शिशुको स्वास्थ्य सुधार एवं पौष्टिक आहारका लागि सहयोग गरी कक्षा एकदेखि १२ सम्म निःशुल्क पढाउने तथा त्यसपछि रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका थिए ।