arrow

भाजपाका नेता जौलीको आरोपः प्रधानमन्त्री ओलीको अभिव्यक्ति दुर्भाग्यपूर्ण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
bijaya-joli.jpg.jpeg

नयाँ दिल्ली। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भाइरस चीन वा इटलीको भन्दा बढी घातक भनेर दिएको अभिव्यक्तिको भाजपाका नेता डा विजय जौलीले अस्वीकार गर्दै दुर्भाग्यपूर्ण भएको बताएका छन्।   

एक विज्ञप्ती निकाल्दै जौलीले नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेख समेटेर जारी गरेको नक्सालाई कृतिम विस्तारको आरोप लगाएका छन्। 

नयाँ नक्साको विवादलाई भाजपा नेता जौलीले नेपालका सत्तारूढ दलको षडयन्त्र भएको बताए। नेकपाको आन्तरिक कलहबाट आम जनताको ध्यान अन्यत्रै मोड्न विवादास्पद मुद्धालाई उचालिएको जौलीले बताए। 

जौलीले चीनको नाम नलिइकन भारतीय मिडियाहरुले जस्तै संकेत संकेतमै हिमालपारीको चीनलाई यो मुद्धामा तान्ने प्रयास गरेका छन्। उनले भारत विरोधी भावना भड्काई देशभक्तिको भावनालाई वढावा दिएर भारतमाथि दबाव बढाउने काम गरेको आरोप नेपालका नेताहरु माथि लगाए।

भारतले नेपालमा रहेका कोभिड १९को विरामीहरुको परिक्षण गर्न ३० हजार पीसीबर कीट र २३ टन स्वास्थ्य सामग्री पठाएको पनि स्मरण गराए। सहयोगका लागि नेपालका प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिएका थिए।

जोलीले आफ्नो वक्तव्यमा दुई देशबीचको आपसी विवाद वार्ताको माध्यमबाट सुल्झाउनु पर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ